नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । सभापति शेरबहादुर देउवाले दलको विधानअनुसार मिश्रलाई बिहीबार महिला संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।