महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र नियुक्त

काठमाडौं : नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त भएकी छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, मिश्रलाई सो पदमा नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 

सम्बन्धित सामग्री

महिला संघको अध्यक्षमा मिश्र नियुक्त

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । सभापति शेरबहादुर देउवाले दलको विधानअनुसार मिश्रलाई बिहीबार महिला संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

कांग्रेस निकट महिला संघको अध्यक्षमा उषा राउत नियुक्त

काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा सिरहाकी उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम उनलाई संघको अध्यक्षमा नियुक्त गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।