कांग्रेस निकट महिला संघको अध्यक्षमा उषा राउत नियुक्त

काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा सिरहाकी उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम उनलाई संघको अध्यक्षमा नियुक्त गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।  

सम्बन्धित सामग्री

उमा रेग्मीलाई तीन पद : मन्त्री, कांग्रेस केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन। संघकी अध्यक्ष उमा रेग्मी वर्तमान सरकारमा मन्त्री बनेपछि संघ नेतृत्वविहीन छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए। उनी २९ भदौ २०७३ मा महिला संघको अध्यक्ष निर्वाचित […]

जसपाले रेनु यादवलाई दियो शक्तिशाली मन्त्रालय

जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य रेनु यादवलाई शक्तिशाली मन्त्रालय दिएको छ । प्रायः हरेक राजनीतिक दलले माग दाबी गर्ने र सबैजसो सांसदको प्राथमिकतामा पर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उनलाई नियुक्त गरिएको हो ।  सप्तरीको खड्गपुर घर भएकी यादव २०६० मा महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री, २०६५ मा शिक्षामन्त्री बनेकी थिइन् ।  २०२० असार ६ गते भारतमा जन्मिएकी यादव २०४७ देखि राजनीतिमा आवद्ध छिन् । नेपाली कांग्रेसको महिला संघको अध्यक्षसमेत भएकी उनले पछि कांग्रेस परित्याग गरी राष्ट्रिय प्रज...