बुटवल, २ चैत्र । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन् । अस्पतालमा खुट्टाको शल्यक्रिया गर्ने क्रममा ताराप्रसाद चौधरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीले भएको भन्दै अस्पतालमा नाराबाजी गरेका हुन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय चौधरीको देव्रे खुट्टाको शल्यक्रियाको क्रममा बुधबार मृत्यु भएको थियो । घटनामा सम्लग्नलाई […]