अवार्ड विजेता स्टार्टअप कम्पनीहरू

उपाय सिटी कार्गाे बेस्ट स्टार्टअप कम्पनी उपाय सिटी कार्गाे ढुुवानी सेवा दिने कम्पनी हो । यस कम्पनीले विशेषगरी अनलाइन माध्यमबाट ढुवानी गर्ने सवारीसाधान र ग्राहकलाई जोड्ने काम गर्छ । उपाय सिटीले मोबाइल एप ल्याएको छ । कुनै व्यक्तिले कुनै सामान कुनै निश्चित ठाउँमा पुर्‍याउनु परेमा सोही एपमार्फत पिकअप र ड्रप लोकसन प्रविष्ट गर्नुपर्छ । त्यसपछि कम्पनीमा दर्ता भएको सवारीसाधन आएर ग्राहकको सामान ढुवानी गर्नेछ । समग्रमा यस कम्पनीले ग्राहकलाई गाडी उपलब्ध गराउने काम गर्दछ । यसमा ढुवानी गर्ने गाडी कम्पनीको साझेदार हुन्छन् । ग्राहक भने सर्वसाधारण, कर्पोरेट कम्पनी लगायत पर्छन् । ढुवानी आवश्यक पर्ने जो कोहीले आवश्यक प्रक्रिया पूरा गरेर यो सेवा लिन सक्नेछन् । साढे २ वर्षअघि सञ्चालनमा आएको यो कम्पनी पछिल्लो समय लोकप्रिय पनि बन्दै गएको छ । कम्पनीले नेपालका विभिन्न शहरमा आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालका विभिन्न शहरमा साना र ‘बल्क’ सामानको दु्रत र झन्झटमुक्त डेलिभरी गरिने कम्पनीले बताएको छ । लिफ प्लस प्रालि सेकेन्ड बेस्ट स्टार्टअप कम्पनी २०२१ लिफ प्लस सुपारीको पातको प्लेट अर्थात् टपरी उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले बनाएको डिस्पोजेबल प्लेट विभिन्न देशमा निर्यात समेत हुने गरेको छ । २०१७ सालमा स्थापित लिफ प्लस प्रालि व्यावसायिक रूपमा सुपारीको पातका प्लेट बनाउने पहिलो कम्पनी पनि हो । प्लास्टिकको डिस्पोजेबल प्लेट प्रयोग गर्दा फोहोर बढी हुने सम्भावना बढी हुन्छ । ५ वर्षमा प्लास्टिकको डिस्पोजेबल प्लेट विस्थापित गर्ने कम्पनीको योजना छ । कम्पनीले २० प्रकारको यस्तो प्लेट उत्पादन गर्दै आएको छ । जुन मःम लगायत खाजा/खाना खान प्रयोग हुन्छ । यस्तै, पूजा जस्ता धार्मिक कार्यमा पनि यस्तो प्लेटको प्रयोग हुने गरेको बताइएको छ । आमा एग्रो प्रडक्ट प्रालि (पोखरा) तेस्रो उत्कृष्ट स्टार्टअप कम्पनी २०२१ आमा एग्रो ‘किसानलाई प्रोत्साहन, महिलालाई रोजगार तथा स्वास्थ्यवद्र्धक खाद्य वस्तुको उत्पादन’ मूल नारासहित पोखरामा स्थापित कम्पनी हो । आर्थिक वर्ष २०७५÷७६ मा स्थापना भएको यस कम्पनीले महिला उद्यमशीलतामार्फत स्थानीय कच्चापदार्थको प्रयोग गरेर पराम्परागत खाद्य वस्तु सातु उत्पादन गर्दछ । कम्पनीले विभिन्न उमेर समूहलाई लक्षित गरेर विभिन्न १० प्रकार (आमा सातु, बालबालिका सातु, महिला सातु लगायत)मा सातु उत्पादन गर्छ । एडमाना टेक्नोलोजी उत्कृष्ट ५ मा सर्टलिस्टेड कम्पनी एडमाना अनलाइन विज्ञापन सेवाप्रदायक कम्पनी हो । यसले विभिन्न डोमेन, ईमेल, एप्स, वेब पोर्टल, ब्लगर लगायत अनलाइन विज्ञापन सेवा प्रवाह गर्दछ । कम्पनीले मुख्यतः गुगल एडमा काम गर्दै आएको छ । २०१७ मा स्थापित यो कम्पनी काठमाडौंमा सञ्चालित छ । अनलाइन विज्ञापन सेवा क्षेत्रमा मानक रूपमा स्थापित हुने योजना एडमनाको छ । नेपाल एग्रो इनपुट्स माकेर्टिङ एण्ड आन्ट्रपे्रनरसिप सर्भिस प्रालि (नेम्स) उत्कृष्ट ५ सटार्ट अप मध्ये एक नेम्स कृषिक्षेत्रको कुनै पनि सामान उपलब्ध गराउने कम्पनी हो । कम्पनीले किसानलाई आवश्यक पर्ने बीउ, विभिन्न मेशिन लगायत उपलब्ध गराउँछ । यो कृषि क्षेत्रको सप्लायर्स कम्पनी पनि हो । कम्पनीले किसानलाई बीउ प्रयोग, कृषि उपकरण खरिद लगायतमा परामर्श समेत उपलब्ध गराउँछ । सन् २०१९ मा स्थापित यो कम्पनी चितवनमा सञ्चालित छ । कम्पनीले कृषि जलवायु परिस्थितिहरूमा अनुकूलन क्षमताका साथ उच्च गुणस्तरीय तरकारी प्रजातिको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आएको छ । स्पारो पे प्रालि/जानकी टेक्नोलोजी (खल्ती) स्टार्टअप सक्सेस सम्मान २०२१ प्राप्त कम्पनी स्पारो पे प्रा लि जानकी टेक्नोलोजी प्रालि अन्तर्गतको अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी हो । डिजिटल वालेट खल्ती यसैले प्रवर्धन गरेको हो । खल्तीले मोबाइल एप सञ्चालनमा ल्याएको छ, जसलाई मोबाइल वालेट पनि भनिन्छ । त्यसबाट अनलाइन भुक्तानीको काम गर्न सकिन्छ । साथै, एयरलाइन्स टिकट, विभिन्न प्रकारको बिल भुक्तानी, होटेल बुकिङ लगायत सेवा समेत लिन सकिन्छ । २०१७ देखि सञ्चालनमा आएको यो कम्पनी नेपालको सफल स्टार्टअप कम्पनीको रूपमा परिचित छ । कारखाना प्रालि स्टार्टअप सक्सेस सम्मान २०२१ प्राप्त कम्पनी कारखाना सामाजिक उद्यम हो, जसले विद्यार्थीहरमा सही शीप र मनोवृत्ति बढाउने काम गर्छ, ता कि उनीहरू आफैले समस्या समाधान गर्न सकून् र भविष्य आफै निर्माण गर्न सकून् । कम्पनीले माध्यमिक विद्यालयका विद्यार्थीका लागि सिकाउने किट्स सिर्जना गर्छ, जुन बालबालिकाको सिकाइमा स्रोतसाधन बन्न, उनीहरूको आफ्नै वातावरणलाई पुनः आकार दिन, समस्या समाधान गर्न सहयोगी हुन्छ । साथै यसले उनीहरूलाई अप्रत्याशित समस्याको सामना गर्न आत्मविश्वास बढाउने कम्पनीको भनाइ छ ।

सम्बन्धित सामग्री

गल्ली म्यापलाई ‘सलिको एनवाईईएफ स्टार्टअप’ अवार्ड

काठमाडौं। ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) प्रिजेन्ट एनवाईईएफ स्टार्टअप अवार्ड’ गल्ली म्यापले प्राप्त गरेको छ । पाँच महीना अगाडिदेखि शुरू भएको छनोट प्रतिस्पर्धामा शुक्रवार भएको फाइनल कार्यक्रमबाट गल्लीलाई विजेता घोषित गरिएको हो । अवार्ड नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । प्रतिस्पर्धामा सात प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । विजेता निर्णायक र भोटको आधारमा छनोट गरिएको बताइएको छ । विजेता गल्लीले ४ लाख रुपैयाँसहित अवार्ड प्राप्त गरेको छ । त्यस्तै क्वीकफक्स र पेटमामा नेपाल संयुक्त रूपमा फस्ट रनरअप बन्दै २ लाख रुपैयाँ र अवार्ड प्राप्त गरेका छन् । पेटमामाले ५० हजार रुपैयाँको पब्लिक च्वाइस अवार्ड पनि प्राप्त गरेको छ ।  प्रतियोगितामा दूरशिक्षा एजुकेशनले ५० हजार रुपैयाँ राशीको सोसियल इन्टरप्राइजेज अवार्ड प्राप्त गरेको बताइएको छ । प्रतियोगितालाई सलिको, एनएमबि बैंक, एफएनसीसीआई, एपेक्स कलेज, एडेक्स, एनपीईए र विभिन्न उद्यमसम्बन्धी संस्थाले प्रायोजन र सहकार्य गरेका थिए ।

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स : विजेता स्टार्टअपहरूको प्रतिक्रिया

अवार्डले वेदलाई थप उचाइमापुर्‍याउन प्रोत्साहन निर्देश द्वा प्रमुख कार्यकारी अधिकृत, इन्ग्रेल्स (वेद)  हामीलाई ‘बेष्ट स्टार्टअप अफ द इयर २०२३’ बाट सम्मान गरेकोमा आयोजक संस्था न्यू बिजनेश एजप्रति धेरै आभारी छौं । अवार्डले हामीलाई मात्र नभई अन्य स्टार्टअप कम्पनीलाई समेत अघि बढ्न प्रोत्साहन मिल्नेछ । नेपालमा नयाँ स्टार्टअप कम्पनीलाई सम्मान गर्ने चलन निकै कम छ । यस्तोमा संस्थाले हामीलाई उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गर्दा गौरवको महसूस भएको छ ।  सेवालाई अझै बृहत् स्तरमा लैजानेछौं मनोहर अधिकारी फूडमान्डु न्यू बिजनेश एजले हामीलाई ‘स्टार्टअप स्केल अवार्ड’बाट सम्मान गरेको छ । यसबाट हामी निकै उत्साहित भएका छौं । यसले हामीजस्ता स्टार्टअप र आगामी दिनमा अघि बढ्न खोज्ने स्टार्टअप उद्यमीलाई निकै प्रोत्साहन गर्ने लिएको छु । आगामी दिनमा लगानी विस्तार गर्दै हाम्रो सेवालाई अझै बृहत् बनाएर लैजानेछौं । व्यावसायिक लक्ष्यमा दृढतापूर्वक लागिपर्नेछौं । स्तरवृद्धिका योजना बनाउँदै छौं डा. सुयश कार्की सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, डक्टर्स अन कल न्यू बिजनेश एजले हामीलाई ‘बेस्ट स्टार्टअप द इयर २०२३’ बाट सम्मान गरेको छ । यसबाट हामीले गरेको नवीनतम कामको उच्च मूल्यांकन भएको महसूस गरेका छौं । सम्मानले हामीलाई आगामी दिनमा अझै बृहत् रूपमा अघि बढ्न प्रेरित गरेको छ । नेपालमा केही गरौं भनेर बसेका अन्य स्टार्टअपलाई समेत यस्तो कार्यक्रमले उत्साहित बनाउनेछ । आगामी दिनमा विभिन्न मञ्चहरूमा आइडिया पीच गर्ने सोच बनाएका छौं । सेवा र क्षमताको स्तरवृद्धिका लागि पनि विभिन्न योजना बनाउँदै छौं ।   उदीयमान स्टार्टअपका लागियो कार्यक्रम प्रेरणा हो कविसभक्त श्रेष्ठ सहसंस्थापक, सजिलो सेवा इमर्जिङ स्टार्टअपका लागि यो कार्यक्रम प्रेरणा हो । अहिले पनि नेपालमा स्टार्टअप उद्यमका लागि त्यति राम्रो वातावरण छैन । यस्तो खालको कार्यक्रमले स्टार्टअपको वातावरण बनाउन सघाउ पुग्छ । कम्पनीलाई सम्मानित गर्दा थप उत्साह मिल्छ । अझै राम्रो काम गर्न उत्प्रेरित गर्छ । हामी आपैm पनि स्टार्टअप उद्यममा नयाँ नै छौं । पर्याप्त गृहकार्य, अनुसन्धान गरेर मात्र स्टार्टअपमा आउनुपर्छ । आफ्नो रुचिको क्षेत्रमा धैर्यपूर्वक काम गर्न सक्नुपर्छ । समग्रमा यो कार्यक्रम राम्रो छ ।  कार्यक्रमलाई थप प्रतिस्पर्धी बनाउनुपर्छ   वसन्त गुप्ता संस्थापक, ईडिजिटल नेपाल स्टार्टअप शुरू भएको ५ वर्षमा हामीले ८०० भन्दा बढी विद्यालयलाई डिजिटलाइज्ड गरिसकेका छौं । सन् २०१७ मा शुरू भएको स्टार्टअप हो । यस्तो अवार्डले थप राम्रो कार्यका लागि प्रेरित गरेको छ । अब आगामी ५ वर्षमा शिक्षाक्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा योजना बनाइनेछ । उक्त अवधिमा थप १० प्रतिशत विद्यालयलाई डिजिटलाइज्ड गरिनेछ । यो अवार्डले ऊर्जा दिएको छ । हामी उत्साहित छौं । कार्यक्रमलाई थप प्रतिस्पर्धी बनाउनुपर्छ भने प्यारामिटर पनि धेरै राखिनुपर्छ । स्टार्टअप शुरू गर्नु खेलाँची होइन  दिव्येश्वरी दली प्रबन्ध निर्देशक, डिजिटल एज नेपाल  न्यू बिजनेश ऐजले गरेको स्टार्टअप सम्मेलनले हामीजस्ता स्टार्टअप कम्पनीलाई हौसला प्रदान गरेको छ । साथै यसबाट हाम्रो प्रचारप्रसार पनि भएको छ । समाज र देशका लागि के गर्न सक्छौं भन्ने विषयमा हाम्रो जिम्मेवारी बढेको महसूससमेत गरेका छौं । अर्काेतर्फ यो क्षेत्रबाट समाजमा योगदान पुर्‍याउन उत्साह र जाँगर बढेको छ । स्टार्टअप व्यवसायमा केही गरौं भन्ने छ । अझै पनि केही गाह्रो त छ । तर, इच्छाशक्ति राखेर निरन्तर लागिपरेमा सफल हुन सकिने विश्वास छ । हाम्रो कम्पनीले ‘एन्टी मनी लाउन्डरिङ सलुसन’ बनाएको छ । यसमा सम्पत्ति शुद्धीकरणमा हुन सक्ने सम्भावनालाई ट्र्याक गरेर, शंकास्पद कारोबारलाई पहिचान गरेर प्रतिवेदन बनाइन्छ । स्टार्टअप शुरू गर्नु खेलाँची होइन ।  अवार्डले व्यावसायिक यात्रामा ऊर्जा थपेको छ प्रणय राजभण्डारी फोकस वन (मोको) पेमेन्ट वालेट कम्पनी न्यू बिजनेश एजले ‘बेस्ट स्टार्टअप अफ दी इयर २०२३’ बाट सम्मान गर्दा एकदमै खुशी छौं । हामीले गरेको अथक मेहनतको साँच्चै प्रतिफल मिलेको अनुभूत गरेका छौं । हामीजस्ता स्टार्टअप कम्पनीको व्यावसायिक विकास, विस्तारमा यस्तो अवार्ड कार्यक्रम एकदमै सहयोग हुन्छ । अवार्डले हाम्रो यात्रामा थप ऊर्जा प्रदान गरेको महसूस भएको छ । आगामी दिनमा अघि बढ्न यसले निश्चय नै सघाउ पुग्नेछ । स्टार्टअपलाई सम्मान गर्ने यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाओस् । लगानी बढाएर कम्पनीलाई थप उचाइमा पुर्‍याउँछौं सूर्य कार्की सहसंस्थापक तथा सेल्स एण्ड मार्केटिङ डाइरेक्टर डेलिस डेरीज (ग्रीक योगर्ट), भरतपुर, चितवन नेपालको सन्दर्भमा न्यू बिजनेश एजले गरेको स्टार्टअप समिट नयाँ थियो । ‘इमर्जिङ स्टार्टअप अफ द इयर’बाट डेलिस डेरी (ग्रीक योगर्ट) सम्मानित भएकोमा आयोजक न्यू बिजनेश एजप्रति धेरै आभारी छौं । समग्रमा यसले हामी जस्ता स्टार्टअप कम्पनीलाई अघि बढ्न निकै मद्दत पुर्‍याउनेछ । आगामी अवार्ड कार्यक्रम गर्दा निर्णायक मण्डलले कार्यक्रममै सम्बन्धित कम्पनीको मूल्यांकन गर्ने व्यवस्था भएमा थप प्रभावकारी हुनेछ । नेपालमा स्टार्टअपको क्षेत्रमा कमै आयोजकले समयमै यसरी कार्यक्रम गर्न सक्छन् । राम्रा स्टार्टअप छनोटर गरेर अवार्ड कार्यक्रम गर्नु साधारण काम होइन ।  स्टार्टअप छनोटका आधार र विजेताहरू उत्कृष्ट स्टार्टअप छनोटका लागि तीन जनाको नेतृत्वमा स्वतन्त्र निर्णायक मण्डल बनाइएको थियो । निर्णायक मण्डलमा टेन्जेन वेभ्सका संस्थापक सुमन शाक्य, ब्लिट्ज मिडियाका सहसंस्थापक एवं प्रबन्ध निर्देशक जुना माथेमा र टीम भेञ्चर्स प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तेन्जिन सोनाम गोन्सर थिए । उक्त निर्णायक मण्डलले मिसन, भिजन, भ्यालू प्रपोजिशन, बजार पहिचान, टीम कम्पोजिशन, क्यालिबर, इन्नोभेशन/यूएसपी, ट्र्याक्सन टु डेट, स्केलएबिलिटी, प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग, क्रियशनलगायतको मूल्यांकनको आधारमा स्टार्टअप छनोट गरेको हो ।  न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्सका जुरी मेम्बर टेन्जेन वेभ्सका संस्थापक शाक्यका अनुसार कम्पनीहरूमा समस्या छ कि छैन, समस्याको समाधान कसरी गरिएको छ, कम्पनी कति स्थिर छ भन्ने पक्षलाई विशेष रूपमा हेरिएको बताए । कम्पनीलाई कसरी अघि बढाइएको छ भन्ने पक्षसहित सुशासन, पारदर्शिता र वृद्धिदरलाई समेत आधार बनाइएको थियो । साथै हाल सरकारले गरेको स्टार्टअपसम्बन्धी परिभाषा, क्षेत्र, दायरामा रहेर मूल्यांकन गरिएको थियो । प्रमुख चार आधार    कम्पनीको मिशन, भिजन, भ्यालू प्रपोजिशन र बजार पहिचान ।    टीम कम्पोजिशन, क्यालिबर, इन्नोभेशन/यूएसपी, ट्र्याक्सन टु डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति ।   सूचनाप्रविधिको प्रयोग तथा क्रियशन    स्टार्टअपसम्बन्धी परिभाषा, क्षेत्र, दायरामा परे/नपरेको । ‘बेस्ट स्टार्टअप अफ द इयर २०२३’   डक्टर्स अन कल, अनामनगर, काठमाडौं   इडिजिटल नेपाल, तीनकुने, काठमाडौं   फोकस वन (मोको) कमलादी काठमाडौं    सजिलो सेवा, झम्सिखेल, ललितपुर    इन्ग्रेल्स (वेद) धोबीघाट, ललितपुर  ‘इमर्जिङ स्टार्टअप अफ द इयर २०२३’ डेलिस डेरीज (ग्रीक योगर्ट) भरतपुर, चितवन ‘इन्स्पायरिङ वुमन लिड अफ द इयर २०२३’ डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं  ‘स्टार्टअप स्केल अप अवार्ड’ फूडमान्डू, नक्साल, काठमाडौं कार्यक्रमका सहयोगी संस्थाहरू अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डटकम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स, अल्फा प्लस भेन्चर्स र सिटी एक्सप्रेसले सघाएका थिए । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका थिए ।

'ह्वावे स्टार्टअप आईसीटी अवार्ड'का विजेतालाई ह्वावे क्लाउड प्रदान

ह्वावेले ‘ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित आईसीटी अवार्ड २०२१ को फाइनलमा ह्वावेले शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो। विधाको विजेता खेती...

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। विधाको विजेता खेती भेन्चर प्रालिलाई  ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई ५-५ सय डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको...

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो । मुख्य विधाको विजेता खेती भेन्चर प्रालिलाई  कम्पनीले ४३ हजार मूल्य बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ भने सोही बिधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक विधा बराबर चार हजार ५०० मूल्य बराबर को ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ ।उक्त पुरस्का

डिसहोम बन्यो ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड वाइ स्पोन्सर

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको छ । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो । ग्राण्ड फिनालेमा ‘आईसीटी अवार्ड २०२१’ का विजेताहरूले आईसीटी अवार्ड सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्

आईसीटी अवार्ड २०२१ को ‘पावर्ड बाई स्पोन्सर’ डिशहोम फाइबरनेट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदैछ ।  छैटौं संस्करणको आईसीटी अवार्डको ‘पावर्ड बाई स्पोन्सर’मा डिशहोम फाइबरनेटले सहकार्य गरेको छ ।  आईसीटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आईसीटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत ह्वावे स्टार्टअप आईसीट...

डक्टर्स अन कल नेपालले जित्यो ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’

‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको हो ।यस्तै, अवार्ड कार्यक्रममा ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्शु टेक्नोलोजी’ तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ रुपैयाँ पाएको छ । दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्शु टेक्नोलोजीले ५० हजार रुपैय

डक्टर्स अन कल नेपालले जित्यो ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’

असोज ३, काठमाडौँ । ‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा डक्टर्स अन कल नेपाल प्रथम, अर्बन नेपाल दोस्रो र अन्सु टेक्नोलोजी तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार रुपैयाँ र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त कार्यक्रममा देशभरबाट १०० भन्दा बढी कम्पनी सहभागी भएका थिए ।

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ को विजेता बन्यो ‘डक्टर्स अन कल नेपाल’

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको छ ।‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ । अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअप कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने  अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उक्त अवार्डमा सहभागी हुन देशभरबाट १ सय बढी स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए । एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो अन्तिम ७ मा परेका थिए । स्टार्टअपलाई बजारसँग जोड्न अवार्ड कार्यक्रमलाई आगमी दिनमा पनि निरन्तरता दिईने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।