न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स : विजेता स्टार्टअपहरूको प्रतिक्रिया

अवार्डले वेदलाई थप उचाइमापुर्‍याउन प्रोत्साहन निर्देश द्वा प्रमुख कार्यकारी अधिकृत, इन्ग्रेल्स (वेद)  हामीलाई ‘बेष्ट स्टार्टअप अफ द इयर २०२३’ बाट सम्मान गरेकोमा आयोजक संस्था न्यू बिजनेश एजप्रति धेरै आभारी छौं । अवार्डले हामीलाई मात्र नभई अन्य स्टार्टअप कम्पनीलाई समेत अघि बढ्न प्रोत्साहन मिल्नेछ । नेपालमा नयाँ स्टार्टअप कम्पनीलाई सम्मान गर्ने चलन निकै कम छ । यस्तोमा संस्थाले हामीलाई उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गर्दा गौरवको महसूस भएको छ ।  सेवालाई अझै बृहत् स्तरमा लैजानेछौं मनोहर अधिकारी फूडमान्डु न्यू बिजनेश एजले हामीलाई ‘स्टार्टअप स्केल अवार्ड’बाट सम्मान गरेको छ । यसबाट हामी निकै उत्साहित भएका छौं । यसले हामीजस्ता स्टार्टअप र आगामी दिनमा अघि बढ्न खोज्ने स्टार्टअप उद्यमीलाई निकै प्रोत्साहन गर्ने लिएको छु । आगामी दिनमा लगानी विस्तार गर्दै हाम्रो सेवालाई अझै बृहत् बनाएर लैजानेछौं । व्यावसायिक लक्ष्यमा दृढतापूर्वक लागिपर्नेछौं । स्तरवृद्धिका योजना बनाउँदै छौं डा. सुयश कार्की सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, डक्टर्स अन कल न्यू बिजनेश एजले हामीलाई ‘बेस्ट स्टार्टअप द इयर २०२३’ बाट सम्मान गरेको छ । यसबाट हामीले गरेको नवीनतम कामको उच्च मूल्यांकन भएको महसूस गरेका छौं । सम्मानले हामीलाई आगामी दिनमा अझै बृहत् रूपमा अघि बढ्न प्रेरित गरेको छ । नेपालमा केही गरौं भनेर बसेका अन्य स्टार्टअपलाई समेत यस्तो कार्यक्रमले उत्साहित बनाउनेछ । आगामी दिनमा विभिन्न मञ्चहरूमा आइडिया पीच गर्ने सोच बनाएका छौं । सेवा र क्षमताको स्तरवृद्धिका लागि पनि विभिन्न योजना बनाउँदै छौं ।   उदीयमान स्टार्टअपका लागियो कार्यक्रम प्रेरणा हो कविसभक्त श्रेष्ठ सहसंस्थापक, सजिलो सेवा इमर्जिङ स्टार्टअपका लागि यो कार्यक्रम प्रेरणा हो । अहिले पनि नेपालमा स्टार्टअप उद्यमका लागि त्यति राम्रो वातावरण छैन । यस्तो खालको कार्यक्रमले स्टार्टअपको वातावरण बनाउन सघाउ पुग्छ । कम्पनीलाई सम्मानित गर्दा थप उत्साह मिल्छ । अझै राम्रो काम गर्न उत्प्रेरित गर्छ । हामी आपैm पनि स्टार्टअप उद्यममा नयाँ नै छौं । पर्याप्त गृहकार्य, अनुसन्धान गरेर मात्र स्टार्टअपमा आउनुपर्छ । आफ्नो रुचिको क्षेत्रमा धैर्यपूर्वक काम गर्न सक्नुपर्छ । समग्रमा यो कार्यक्रम राम्रो छ ।  कार्यक्रमलाई थप प्रतिस्पर्धी बनाउनुपर्छ   वसन्त गुप्ता संस्थापक, ईडिजिटल नेपाल स्टार्टअप शुरू भएको ५ वर्षमा हामीले ८०० भन्दा बढी विद्यालयलाई डिजिटलाइज्ड गरिसकेका छौं । सन् २०१७ मा शुरू भएको स्टार्टअप हो । यस्तो अवार्डले थप राम्रो कार्यका लागि प्रेरित गरेको छ । अब आगामी ५ वर्षमा शिक्षाक्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा योजना बनाइनेछ । उक्त अवधिमा थप १० प्रतिशत विद्यालयलाई डिजिटलाइज्ड गरिनेछ । यो अवार्डले ऊर्जा दिएको छ । हामी उत्साहित छौं । कार्यक्रमलाई थप प्रतिस्पर्धी बनाउनुपर्छ भने प्यारामिटर पनि धेरै राखिनुपर्छ । स्टार्टअप शुरू गर्नु खेलाँची होइन  दिव्येश्वरी दली प्रबन्ध निर्देशक, डिजिटल एज नेपाल  न्यू बिजनेश ऐजले गरेको स्टार्टअप सम्मेलनले हामीजस्ता स्टार्टअप कम्पनीलाई हौसला प्रदान गरेको छ । साथै यसबाट हाम्रो प्रचारप्रसार पनि भएको छ । समाज र देशका लागि के गर्न सक्छौं भन्ने विषयमा हाम्रो जिम्मेवारी बढेको महसूससमेत गरेका छौं । अर्काेतर्फ यो क्षेत्रबाट समाजमा योगदान पुर्‍याउन उत्साह र जाँगर बढेको छ । स्टार्टअप व्यवसायमा केही गरौं भन्ने छ । अझै पनि केही गाह्रो त छ । तर, इच्छाशक्ति राखेर निरन्तर लागिपरेमा सफल हुन सकिने विश्वास छ । हाम्रो कम्पनीले ‘एन्टी मनी लाउन्डरिङ सलुसन’ बनाएको छ । यसमा सम्पत्ति शुद्धीकरणमा हुन सक्ने सम्भावनालाई ट्र्याक गरेर, शंकास्पद कारोबारलाई पहिचान गरेर प्रतिवेदन बनाइन्छ । स्टार्टअप शुरू गर्नु खेलाँची होइन ।  अवार्डले व्यावसायिक यात्रामा ऊर्जा थपेको छ प्रणय राजभण्डारी फोकस वन (मोको) पेमेन्ट वालेट कम्पनी न्यू बिजनेश एजले ‘बेस्ट स्टार्टअप अफ दी इयर २०२३’ बाट सम्मान गर्दा एकदमै खुशी छौं । हामीले गरेको अथक मेहनतको साँच्चै प्रतिफल मिलेको अनुभूत गरेका छौं । हामीजस्ता स्टार्टअप कम्पनीको व्यावसायिक विकास, विस्तारमा यस्तो अवार्ड कार्यक्रम एकदमै सहयोग हुन्छ । अवार्डले हाम्रो यात्रामा थप ऊर्जा प्रदान गरेको महसूस भएको छ । आगामी दिनमा अघि बढ्न यसले निश्चय नै सघाउ पुग्नेछ । स्टार्टअपलाई सम्मान गर्ने यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाओस् । लगानी बढाएर कम्पनीलाई थप उचाइमा पुर्‍याउँछौं सूर्य कार्की सहसंस्थापक तथा सेल्स एण्ड मार्केटिङ डाइरेक्टर डेलिस डेरीज (ग्रीक योगर्ट), भरतपुर, चितवन नेपालको सन्दर्भमा न्यू बिजनेश एजले गरेको स्टार्टअप समिट नयाँ थियो । ‘इमर्जिङ स्टार्टअप अफ द इयर’बाट डेलिस डेरी (ग्रीक योगर्ट) सम्मानित भएकोमा आयोजक न्यू बिजनेश एजप्रति धेरै आभारी छौं । समग्रमा यसले हामी जस्ता स्टार्टअप कम्पनीलाई अघि बढ्न निकै मद्दत पुर्‍याउनेछ । आगामी अवार्ड कार्यक्रम गर्दा निर्णायक मण्डलले कार्यक्रममै सम्बन्धित कम्पनीको मूल्यांकन गर्ने व्यवस्था भएमा थप प्रभावकारी हुनेछ । नेपालमा स्टार्टअपको क्षेत्रमा कमै आयोजकले समयमै यसरी कार्यक्रम गर्न सक्छन् । राम्रा स्टार्टअप छनोटर गरेर अवार्ड कार्यक्रम गर्नु साधारण काम होइन ।  स्टार्टअप छनोटका आधार र विजेताहरू उत्कृष्ट स्टार्टअप छनोटका लागि तीन जनाको नेतृत्वमा स्वतन्त्र निर्णायक मण्डल बनाइएको थियो । निर्णायक मण्डलमा टेन्जेन वेभ्सका संस्थापक सुमन शाक्य, ब्लिट्ज मिडियाका सहसंस्थापक एवं प्रबन्ध निर्देशक जुना माथेमा र टीम भेञ्चर्स प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तेन्जिन सोनाम गोन्सर थिए । उक्त निर्णायक मण्डलले मिसन, भिजन, भ्यालू प्रपोजिशन, बजार पहिचान, टीम कम्पोजिशन, क्यालिबर, इन्नोभेशन/यूएसपी, ट्र्याक्सन टु डेट, स्केलएबिलिटी, प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग, क्रियशनलगायतको मूल्यांकनको आधारमा स्टार्टअप छनोट गरेको हो ।  न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्सका जुरी मेम्बर टेन्जेन वेभ्सका संस्थापक शाक्यका अनुसार कम्पनीहरूमा समस्या छ कि छैन, समस्याको समाधान कसरी गरिएको छ, कम्पनी कति स्थिर छ भन्ने पक्षलाई विशेष रूपमा हेरिएको बताए । कम्पनीलाई कसरी अघि बढाइएको छ भन्ने पक्षसहित सुशासन, पारदर्शिता र वृद्धिदरलाई समेत आधार बनाइएको थियो । साथै हाल सरकारले गरेको स्टार्टअपसम्बन्धी परिभाषा, क्षेत्र, दायरामा रहेर मूल्यांकन गरिएको थियो । प्रमुख चार आधार    कम्पनीको मिशन, भिजन, भ्यालू प्रपोजिशन र बजार पहिचान ।    टीम कम्पोजिशन, क्यालिबर, इन्नोभेशन/यूएसपी, ट्र्याक्सन टु डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति ।   सूचनाप्रविधिको प्रयोग तथा क्रियशन    स्टार्टअपसम्बन्धी परिभाषा, क्षेत्र, दायरामा परे/नपरेको । ‘बेस्ट स्टार्टअप अफ द इयर २०२३’   डक्टर्स अन कल, अनामनगर, काठमाडौं   इडिजिटल नेपाल, तीनकुने, काठमाडौं   फोकस वन (मोको) कमलादी काठमाडौं    सजिलो सेवा, झम्सिखेल, ललितपुर    इन्ग्रेल्स (वेद) धोबीघाट, ललितपुर  ‘इमर्जिङ स्टार्टअप अफ द इयर २०२३’ डेलिस डेरीज (ग्रीक योगर्ट) भरतपुर, चितवन ‘इन्स्पायरिङ वुमन लिड अफ द इयर २०२३’ डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं  ‘स्टार्टअप स्केल अप अवार्ड’ फूडमान्डू, नक्साल, काठमाडौं कार्यक्रमका सहयोगी संस्थाहरू अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डटकम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स, अल्फा प्लस भेन्चर्स र सिटी एक्सप्रेसले सघाएका थिए । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका थिए ।  

सम्बन्धित सामग्री

सरकारले गरेको परिभाषालाईसमेत हेरेर स्टार्टअप अवार्ड्स छनोट गरिएको हो : शाक्य

काठमाडौं । न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्सका जुरी मेम्बर सुमन शाक्यले सरकारले गरेको परिभाषालाई हेरेर अवार्ड विजेता छनोट गरिएको बताएका छन् । सबैभन्दा बढी जोड समस्या छ कि छैन, समस्याको समाधान कसरी गरिएको छ ? कम्पनी कति स्थिर छ ? त्यसलाई हेरिएको उनले बताए । कम्पनीलाई कसरी अघि बढाइएको छ ? त्यसलाई मापन गरेर अवार्ड छनोट गरिएको उनले प्रस्ट पारे । कम्पनीको सुशासन, परदर्शीता र वृद्धिदरतालाई समेत हेरिएको उनले बताए ।

प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू - BBC News नेपाली

पृथ्वीको जीवन र यो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान गरिएको न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगिताका विजेता र उत्कृष्ट तस्बिरहरू यस्ता छन्।