असोज ३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरसको संत्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार सो अवधिमा ७ हजार ३०४ ओटा पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ ओटा एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ४० जनाको मृत्यु भएको छ ।
हाल मुलुकभर कोरोनाका २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आईसोलेशनमा र १ हजार ४४९ जना संस्थागत आईसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले बताएको छ ।
विगत २४ घण्टाको अवधिमा थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । त्यसैगरी हालसम्म नेपालमा ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच सो अवधिमा कोरोनाविरुद्धको २१ हजार ३६० मात्रा खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५५ लाख ७८ हजार ८६५ र एक मात्रा लगाउनेको संख्या ६२ लाख ३ हजार ३१६ पुगेको छ ।