काठमाडौँ – ओखलढुुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ। द भ्वाइस अफ् नेपाल सिजन–४ मा निर्णायकको भूमिकामा रहेका चर्चित गायक राजेश पायल राईले स्वर दिएको उक्त गीत ‘दिल्स् क्रियशन’मार्फत् सार्वजनिक भएको हो। पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन्। संगीत संयोजन भने आदेश गुुर्माछानले गरेका छन्। […]