चम्कँदै पाँचथर मिक्लाजुङकाे गुँदाला भोजोला ताल

पाँचथर – मेची राजमार्गको राँके बजारबाट पश्चिम लागेपछि समथर डाँडाहरुमाथिको यात्रा सुरु हुन्छ। पाँचथर र इलामका फराकिला र सुन्दर फाँट हेर्दै जति–जति हिँड्यो उत्ति–उत्ति आनन्द आउँछ। राँके कटेपछि आउने सबै डाँडा र थुम्काहरुको आ–आफ्नै मौलिकता र सुन्दरता छ। देउराली, पुरानो पञ्चमी, घुर्विसेपञ्चमी, सप्तमी, रबि, चिसापानी पञ्चमी, कन्याटार जस्ता बजारहरु डाँडाको तलमाथि हुँदै फैलिएका छन्। यी […]

सम्बन्धित सामग्री

सुन्दर साधुटार

पाँचथर – मेची राजमार्ग अन्तर्गत पौवा भन्ज्याङ नजिकै पर्छ साधुटार । फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास र सुन्दर पोखरी । झट्ट हेर्दा रारा ताल झैँ लाग्छ । यहाँको मौसम फेरबदल भइरहन्छ । मौसम सफा भएको बेला पोखरीमा टल्कन्छ हिमालको चित्र । पोखरीमै देखिन्छ सूर्योदयको विचित्र दृश्य अनि पोखरीमै देखिन्छ सेताम्मे हिमालको तस्बिर र पोखरीमै देखिन्छ सूर्योदय र सूर्यास्त पनि ।