काठमाडौं : जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन्। उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनेभन्दा पनि बिदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलस