प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दाबी गरेका छन् ।
(नेकपा माओवादी) केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै देउवाले एमसीसीलाई राष्ट्रघाती भन्नेले सम्झौताको अध्ययन नै नगरेको जिकिर गरे ।
'एउटा कुरा बोल्नै पर्ने भयो । एमसीसी राष्ट्रघाती-राष्ट्रघाती भन्या छन्, सम्झौता पढ्या छ कि छैन थाहा छैन,' प्रधानमन्त्री देउवाले भने, 'कहाँ छ एमसीसी राष्ट्रघाती ? म पनि प्रधानमन्त्री हो, राष्ट्रघाती काम गरुँला? राष्ट्रघाती सन्धि ...