सरकारले एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आइतवार सभामुख सापकोटालाई भेटेर एमसीसीका सम्बन्धमा सदनमा बहस गराउन आग्रह गरेका हुन् ।
जवाफमा सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेकाले संसदमा बहस गर्ने वातावरण नभएको बताएको स्रोतले बतायो ।
'सभामुखले सदनमा छलफलको वातावरण छैन, बरु छलफलको वातावरण बनाउनका लागि दलहरूले थप पहल गरुन् भन्ने जवाफ बडूलाई दिएका छन्,' स्रोतले लोकान्...