मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । १ सय मत गन्दा प्रमुखका उम्मेदवारमा एमालेका भुपेन्द्र लावतीले ५४ मत पाएका छन् । काँग्रेसका ज्ञानेन्द्र ढकालले ३६ मत पाएका छन् । यस्तै उपमेयर तर्फ पनि एमालेले अग्रता लिएको छ । एमालेकी कृष्णकुमारी पोखरेलले ५७ मत र माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले २६ मत पाएका छन् ।