खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप

खप्तड लघुवित्तको आईपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार बिहानसम्ममा ६ लाख ५५ हजार ६६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो । कम्पनीले ८ भदौबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो ।  यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये  ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहर

सम्बन्धित सामग्री

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदन मध्येबाट १२ हजार ३४० जनालाई […]

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट : भर्ने १८ लाख, पाउने १२ हजार

सोमबार खप्तड लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।  कम्पनीको आईपीओमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८  मध्ये दोहोरो आवेदनका कारण १ हजार ५ सय ५१ वटा रद्द भएका थिए ।

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट भएको हो ।  कम्पनीको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका...

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ […]

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य बनेको क्यापिटलले जनाएको छ ।१७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट १२ हजार ३४० जनाले कम्पनीको सेयर पाएका छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले खप्तड लघुवित्तको सेयर पाएका हुन् । कम्पनीले भद

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ । सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको […]

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ ।सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणलाई बिक्रि खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको हो । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १३ सय २० कित्ताको लागि दिन सकिनेछ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।   खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

पहिलो दिनमै खप्तड लघुवित्तको आईपीओमा मागभन्दा ३५ गुणा बढी आवेदन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको पहिलो दिनमा नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ । आजदेखि एक लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा पहिलो दिन नै ४३ लाख ३८ हजार ९४० कित्ता माग भएको सिडिएस एनुड क्लिएरिङ लिमिटेड (सीडीएससी)ले जनाएको छ । बुधबार...

प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सम्बन्धी महाअभियोग समितिको बैठक बस्ने भएको छ। निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। गठबन्धनले निर्वाचनको सिट बाँडफाँडबारे बुधबार छलफल छलफल गर्ने भएको छ। खप्तड लघुवित्तको आईपीओमा बुधबारदेखि आवेदन दिन सकिनेछ।