सोमबार खप्तड लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ मध्ये दोहोरो आवेदनका कारण १ हजार ५ सय ५१ वटा रद्द भएका थिए ।