काठमाण्डाै – बाढी र पहिरोका कारण देशभरका १५ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । मनसुन शुरु भएपछि एक सय एक वटा सडक बन्द भएकोमा २९ वटा पूर्ण रुपमा र ५७ वटा एकतर्फी सञ्चालनमा ल्याएको सडक विभागले जनाएको छ ।
तीन दिनदेखि कहिले बन्द हुने र कहिले खुल्ने भइरहेको मुग्लिन नारायणगढ सडक अहिले एकतर्फी खुलेको छ । १२ ठाउँमा गएको पहिरो पन्छाएर सडक खुलाइएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । सडक बन्द हुँदा चितवनको भरतपुरदेखि मुग्लिनसम्म गाडीको जाम रहेको र विस्तारै खुलाउने काम भइरहेको उहाँ...