काठमाण्डाै - नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि पहिरो गएको छ । पहिरोका कारण यो सडक खण्ड दुईतर्फी नै ठप्प भएको छ । गाडीहरु रोकिएका छन् ।
चितवनको इच्छामनकामना गाउँपालिका-३ फिस्लिङ बजार नजिकैको तोपे खेलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड ठप्प भएको हो भने कालीखोलमा गएको पहिरोले मुग्लिन–नारायणगढ सडक ठप्प भएको हो ।
ढुङ्गासहित पहिरो खसेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । सडक खण्ड ठप्प भएकाले आज पनि यो नाकाहरुमै गाडी रोक्न भनिएको छ । अस्तिको पहि...