सुनकोशीमा बढ्दो नदी दोहन, दैनिक फेरिन्छ धार,-याफ्टिङमा समस्या

राजधानी काठमाडौबाट सबैभन्दा नजिकको पर्यटकीय ‘डेस्टिनेसन’को रुपमा परिचित सुनकोशी नदी करिडोरमा नदी दोहनकै कारण पर्यटन ब्यवसायमा असर परेको ब्यवसायीहरुले गुनासो गरेका छन् । पर्यटकीय क्षेत्र सुकुटेका ब्यवसायीहरुले ¥याफ्टिङ गराउँदा दैनिक फरक फरक नदीको बहाव बनाइएकोमा आपत्ति जनाएका छन् । प्राकृतिक सम्पदालाई नबिगार्न पर्यटन ब्यवसायीहरुले आग्रह गरेका छन् । बढ्दो नदी दोहनले पर्यावरणमा समस्या सिर्जना हुने र पर्यटकीय गन्तब्य नै परिवर्तन हुने भन्दै सरोकारवालले नदी दोहन रोक्न अनुरोध गरेपछि अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले गरेको छलफलमा पर्यावरण संरक्षण गर्नु ब्यवसायी मात्र नभई आमनागरिकको कर्तव्य भएको औंल्याइएको छ ।

सम्बन्धित सामग्री

नदी दोहन रोक्न ‘ठेक्का’ बन्द

नदी तथा खोलाहरुमा वर्षेनी बढ्दै गएको ‘दोहन’ रोक्न स्थानीय तहहरुले ठेक्का बन्द गर्ने भएका छन्।

खुलमखुला नदी दोहन

राप्ती नदी तथा अन्य खोलाबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ दोहन पुनः सुरु भएको छ। नियामक निकायले अनुगमन गर्न नसक्दा अहिले जिल्लाका राप्ती नदीसँगै अन्य खोलाहरूको दोहन भइरहेको हो।...

क्रसर उद्योग स्थापना गरेर नदी दोहन

काठमाडौँ,२८ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, […]

बाँध बाँधेर नदी दोहन

राप्ती नदीको बीचौबीच भागमा ठूलै बाँध लागेको छ। वारीको बाँधका कारण नदीको ठूलो हिस्सा पारी च्यापिएको छ। राप्तीको मध्य भागको बाँध कुनै सिँचाइ आयोजनाका बाँधिएको हैन। लमही नगरपालिका ९ अमिलियामा रहेको बालुवा प्रशोधन केन्द्रले नदी दोहनका लागि लगाएको बाँध हो।...

कालीगण्डकी नदी दोहनको चपेटामा

नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठूला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि...

जथाभावी नदी दोहन : अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले देशैभर भइरहेको अनियन्त्रित नदी दोहन रोक्न विस्तृत अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्न संघीय सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सातै प्रदेशमा अनियन्त्रित नदी दोहन नियन्त्रण गर्न र जथाभावी गिटी, बालुवा, ढुंगा निकाल्दा परेको असरका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश […]

काली नदी दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

९ असार, पोखरा । कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ । अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । […]

सर्लाहीमा जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा खुलेआम नदी दोहन

सर्लाही : सरकारले असार, देखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा ब्यापक नदी दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन्। सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सैयौं टयाक्टर र टायरगाडा प्रयोगगरी ढुंगा,गिटी बालुवा उत्खनन भइरहेको छ। जिल्लाकै सबैभन्दा ठूलो बागमती नदीमा दोहन भइरहेको त्यहाँका स्थानीयको आरोप छ। बामगती