अल्पसंख्यकको अधिकारका लागि चित्र पुस्तक

काठमाडौं । नेपालमा चित्रकला सम्बन्धि पुस्तक निकै कम छ । यसै क्रममा कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पाठकमाझ आएको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने यो पुस्तकलाई आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक समारोहबीच सार्वजनिक गरिएको छ । पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती प्रदेशका कला, संस्कृति […] The post अल्पसंख्यकको अधिकारका लागि चित्र पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक लोकार्पण

पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ।

ओभरलुक्ड फेसेज अफ नेपाल: लैङ्गिक/यौनिक अल्पसङ्ख्यकको कथामा कलात्मक चित्र पुस्तक

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलात्मक चित्र पुस्तक ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ बजारमा आएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठकबाट तयार पारिएको उक्त पुस्तक आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित सिद्धिचरण हलमा लोकार्पण गरियो । समारोहमा प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, अतिथि तथा विशेष अतिथिहरू नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती […]

घुम्ती कला पुस्तकालय

त्यो कला संग्रहालयमा विश्वका अति प्रसिद्ध चित्र र मूर्ति प्रदर्शन गरिएका थिए।ती चित्र हेरिसकेपछि त्यसबारे स्वभावतः थप जिज्ञासा हुन्छ नै। यसको निराकरणका लागि सँगै कोठामा थुप्रै कलाका पुस्तक राखिएको थियो। कला संग्रहालयमा प्रदर्शित कुनै पनि कलाबारे थप जानकार...

चित्र र मूर्तिकलाको पुस्तक सार्वजनिक

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । डा. नरेश शाक्य, स्वस्ति राज भण्डारी र सञ्जय शाक्यद्वारा लिखित तथा प्रा. डा. शंकर थापाले सम्पादन गरेको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एन्ड स्टोन आर्ट अफ नेपाल मण्डलाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित […]

उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषय पुस्तकमा

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रहि लेखिएको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एण्ड स्टोन आर्ट अफ नेपाल मण्डला’ सार्वजनिक भएको छ ।डा. नरेश शाक्य, स्वस्ति राजभण्डारी र सञ्जय शाक्यको लेखन र प्रा.डा.शंकर थापाको सम्पादन रहेको पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच सार्वजनिक गरे ।पुस्तकमा काठमाडौंमा उपत्यकामा विकास भएको कलाका बारेमा चर्चा गरिएको छ ।प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेप

१०६ वर्षीया नृत्याङ्गाना, जो अझै नृत्य गर्छिन्

बीबीसी। स्ट्रेलीयाकी १०६ वर्षीया नृत्याङ्गाना आइलीन क्रामर एक सय वर्षको उमेरमा पनि नृत्य गर्छिन्। उनी सिड्नी फर्कनुअघि १०६ वर्षको उमेरमा विश्वभरी नृत्य प्रदर्शन गरेकी हुन्। आफूलाई सक्रिय महिला भन्ने उनले चलचित्रमा काम गर्ने र पुस्तक लेख्ने काम गरिन्। बाँकी उमेरमा पनि नृत्य निर्देशन र चित्र कोर्ने इच्छा रहेको उनी बताउँछिन्।

बालबालिकालाई भाइरस चिनाउने कथा पुस्तक ‘जासुस अभिषको भाइरससँगको जित’

काठमाडौं । बालबालिकालाई भाइरस चिनाउने ‘जासुस अभिषको भाइरससँगको जित’ कथा प्रकाशित भएको छ। यो पुस्तक बालबालिकालाई लक्षित गरेर पुस्तक प्रकाशन गर्दै आएको कथालयले प्रकाशित गरेको हो। यस कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्, विद्यालय बन्द हुन्छन्, खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ। अभिषले पहिला कहिल्यै नभोगेका यी कुराहरु आजकाल किन भइरहेका छन् भनेर उनी सुरुमा बुझ्न सक्दैनन्। खोज्दै जाँदा उनी भाइरसका कारण त्यो सब भएरहेको थाहा पाउँछन्। त्यसपछि उनले भाइरसबारे सोधखोज गरी धेरै कुरा थाहा पाउँदै जान्छन्। कथाको अन्त्यसम्म आइपुग्दा अभिषले धेरै मानिसलाई भाइरसबारे जानकारी दिन सफल हुन्छन्। कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको यो समयमा ‘जासुस अभिषको भाइरससँगको जित’ कथा निकै सान्दर्भिक छ। लेखक छल्मन बाइराको यस पुस्तकमा बालर्थतोया मुखजार्गलको विशिष्ट चित्राङ्कन रहेको छ। ती चित्रहरु हेर्दै कथा पढ्दै गर्दा टेलिभिजनमा रमाइलो कार्टुन हेरिरहेको जस्तो लाग्छ। चित्रले कथाको हिरो अभिषले अब यसपछि के गर्ने होला, कसरी आफ्नो काम फत्ते गर्ने होला भन्दै पुस्तकका हरेक पाना पल्टाइरहुँ लाग्ने कौतुहलता थपेका छन्। यस पुस्तकका चित्राङ्कनकर्ता बालर्थतोया प्रसिद्ध बाल चित्राङ्कनकर्ता हुन्। उनले हालसम्म १० ओटा बालसाहित्यका पुस्तकमा चित्र बनाइसकेकी छिन्। उनको ‘वियर एन्ड मस्क्युटो’ पुस्तक सन् २०१९ मा कलर्स अफ उलानबटार बालसाहित्य प्रतियोगितामा पुरस्कृत भएको थियो। यो पुस्तक मूल प्रकाशक नेप्को किड्सबाट मङ्गोलियामा पहिलोपटक प्रकाशित भएको हो। यस पुस्तकको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्। विश्व महामारी कोरोना भाइरसले सबैतिर प्रभाव पारिरहेको बेला यो बेलामा सबैभन्दा बढी सचेत हुनुपर्ने बालबालिका बारे हो। उनीहरुलाई सहज ढंगले भाइरसबारे जानकारी गराउन, यसबारे सचेत रहन अपनाउनुपर्ने उपायहरु सानै उमेरको अभिषकै माध्यमबाट भनिएकाले यो पुस्तक बालबालिकाका लागि निकै रोचक र उपयोगी हुन सक्छ। यो पुस्तक ५-१० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी लेखिएको हो। यस पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ।

‘पुस्तक र चित्र’ को प्रदर्शनी

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९६ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘पुस्तक र चित्र’ को प्रदर्शनी मंगलबारदेखि सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरूपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसरमा सुरु गरेको सो प्रदर्शनी आगामी माघ १० गतेसम्म सञ्चालन गरिनेछ ।