उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषय पुस्तकमा

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रहि लेखिएको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एण्ड स्टोन आर्ट अफ नेपाल मण्डला’ सार्वजनिक भएको छ ।डा. नरेश शाक्य, स्वस्ति राजभण्डारी र सञ्जय शाक्यको लेखन र प्रा.डा.शंकर थापाको सम्पादन रहेको पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच सार्वजनिक गरे ।पुस्तकमा काठमाडौंमा उपत्यकामा विकास भएको कलाका बारेमा चर्चा गरिएको छ ।प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेप

सम्बन्धित सामग्री

शेयर कहिले किन्ने वा बेच्ने कन्फ्युजनमा हुनुहुन्छ ? हेर्नुस् आरएसआईको सूचक

काठमाडौं । शेयर कहिले किन्ने वा बेच्ने कन्फ्युजनमा हुनुहुन्छ ? चिन्ता नलिनुस् । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) को सूचकले तपाईंलाई सघाउनेछ ।  आरएसआईलाई शेयर बजारको प्राविधिक अध्ययनमा निकै प्रचलित छ । यसबाट बजारमा शेयर खरीदविक्री चापबारे बुझ्न सकिन्छ । त्यसकारण यसले शेयर बजारमा प्रवेश गर्ने वा निस्कने समयबारे जानकारी दिन्छ । समग्र बजारको मात्र नभई कम्पनीको शेयर कारोबारबारे अध्ययन गर्न पनि आरएसआईको उपयोग गरिन्छ ।  मेटास्टकबाट सजिलै आरएसआई निकाल्न सकिन्छ । नेप्से परिसूचक या कम्पनीको आरएसआई निकाल्न १४ कारोबार दिनको सूचकबारे अध्ययन गरिन्छ । यस अध्ययनबाट निस्कने सूचक जहिले पनि शून्यदेखि १०० विन्दुको रेञ्जमा हुने गर्छ ।  आरएसआई निकाल्दा आउने सूचकलाई तीन भागमा विभाजन गरिएको छ, जसमा ओभरसोल्ड जोन (३० भन्दा मुनि), न्युट्रल जोन (३० देखि ७० सम्मको बीच) र ओभरबट जोन (७० भन्दा माथि) छन् । यी तीन क्षेत्रलाई आधार मानेर लगानीबारे निर्णय लिने प्रचलन छ । तर, एक दिनको आरएसआई सूचकलाई हेरेर शेयर बजारमा लगानीको निर्णय लिनु हुँदैन । धेरै दिनको सूचकहरूको अध्ययन गरेर यस्तो निर्णय लिनु उपयुक्त मानिन्छ । हरेक दिनको आरएसआई सूचकलाई अद्यावधिक गरी रेखा चित्र बनाएर यसको गति हेर्नुपर्छ ।   ३० भन्दामुनि (ओभरसोल्ड जोन) आरएसआईको सूचक ३० भन्दामुनि भएमा समग्र शेयर बजार वा निश्चित कम्पनीको शेयरमा विक्री चाप बढी भएको बुझिन्छ । आरएसआईको सूचक घट्दै ३० मुनि गइरहेको छ भने यसले बजारमा विक्री चाप बढिरहेको देखाउँछ । यसलाई बजार वा सम्बन्धित कम्पनीको शेयर मूल्यमा छिट्टै सुधार हुन सक्ने सङ्केतका रूपमा लिन सकिन्छ । मानौं, कुनै कम्पनीको आरएसआई सूचक ३० भन्दामुनि रहँदा बढ्दो बजारमा (मानौं, २० थियो र बढ्दै २७ मा देखियो भने शेयर खरीद गर्नु उपयुक्त हुन्छ । यो क्रममा सूचक बढेर ३० माथि पुग्न लागेमा विक्री बढाउन सकिन्छ । ३० भन्दामाथि ७० भन्दामुनि (न्युट्रन जोन) आरएसआईको ३० भन्दामाथि र ७० भन्दामुनि रहे न्युट्रल जोनमा रहेको मानिन्छ । यसले बजारमा शेयर खरीदविक्री चाप सन्तुलित रहेको संकेत गर्छ ।  यो क्षेत्रमा पनि सूचकको बढ्दो वा घट्दो कुन क्रममा छ भनेर अध्ययन गर्नुपर्छ । ३० बाट बढ्दो क्रममा छ भने खरीद बढाउँदै जाने र ७० भन्दा मुनि घट्दो क्रममा सूचक देखापरिरहेका छन् भने विक्री बढाउन सकिन्छ । बढ्दो क्रममा ७० विन्दुमा पुगेपछि भने सतर्कता अपनाउनुपर्छ । ७० भन्दामाथि (ओभरबट जोन)  आरएसआईको सूचक ७० माथि लाग्नु भनेको बजारमा खरीद चाप बढ्न थालेको भन्ने बुझिन्छ । बजार सूचक वा शेयर मूल्यको यस्तो सूचक यो विन्दुबाट माथि लाग्न थालेमा सचेत लगानीकर्ताले भने क्रमशः विक्री बढाउन थाल्छन् । यसले शेयर मूल्य वा सूचक छिट्टै घट्न सक्ने संकेत पनि गर्छ । आरएसआईको सिद्धान्त विश्वकै ठूला शेयर लगानीकर्ता वारेन बफेटको शेयर बजारसँग प्रचलित भनाइसँग ठ्याक्कै मिल्छ । बफेटको भनाइ छ– अरू लोभी भएको समयमा तिमी डराऊ । तर, अरू डराएको समयमा भने तिमी लोभी बन । त्यसैले बजारमा विक्री चाप बढ्दा अवस्था हेरेर शेयर खरीद बढाउँदै लैजान सकिन्छ भने खरीद चाप बढ्दा बिस्तारै शेयर विक्री बढाउँदै जानु उपयुक्त निर्णय मानिन्छ । यसैका लागि आरएसआईको सूचक हेर्नुपर्ने हुन्छ । कतिपयले यस्तो सूचकको मध्य विन्दु ५० लाई आधार मानेर पनि खरीद तथा विक्रीको निर्णय लिने गर्छन् । ५० विन्दुमाथि लागेमा बजार वा शेयर मूल्य बुलिस प्रवृत्तिमा प्रवेश गरेको र ५० मुनि लाग्न थालेमा भने बियरिस प्रवृत्तिमा जान थालेको भन्ने अर्थ लाग्छ ।

कलात्मक मूल ढोकाले बढाउँछ घरको आकर्षण

काठमाडौं । नेपाललाई चिनाउने विभिन्न वस्तुमध्ये काष्ठकला पनि एक हो । विशेषगरी राजधानी सहर काठमाडौंसहित उपत्यकाका तीनै सहर काष्ठकलाका लागि प्रख्यात छन् । यहाँ प्राचीन समयदेखि प्रचलित काष्ठकलाको नमुना अहिले पनि सहरका चोक, गल्ली तथा पुरानो भागमा सदियौंदेखि उभिइरहेका अनगन्ती मठमन्दिर, पाटीपौवा तथा दरबारमा देख्न सकिन्छ । हेर्दै मनमोहक परम्परागत काष्ठकला मठ–मन्दिर तथा अन्य सम्पदाको जीर्णोद्धार हुँदा एवं विशेष किसिमको भवन वा नयाँ मन्दिर निर्माण गरिँदा अझै जस्ताको तस्तै अभ्यासमा छ । काठमा आकर्षक डिजाइनमा कुँदेर बनाइने झ्याल तथा ढोकाहरू भने निजी भवनमा पनि प्रयोग गर्न सक्छौं । यसो गर्दा दुर्लभ कलाको जगेर्ना हुन्छ र आफ्नो निवासको आकर्षणलाई पनि थप जीवन्त बनाउँछ । कंक्रिटका आधुनिक निर्माणले सहर ढाकिँदा पनि घरमा परम्परागत कलाको नमुना राख्ने अवसर काठका झ्याल र ढोकाले दिन्छ । सिमेन्ट पोतिएको भित्तामा परम्परागत झ्याल राख्दा त्यति व्यावहारिक र सुहाउँदो नहुने भएकाले अल्मुनियमको झ्याल राख्ने चलन बढ्दै गएको छ । तर, जब घरको ढोकाको कुरा आउँछ, अझै पनि काठबाट निर्मित ढोकालाई अन्य कृत्रिम सामग्रीले प्रतिस्थापन गरेको छैन । हामी काठबाटै बनेको ढोका प्रयोग गर्दछौं । ढोका बनाइने उच्च गुणस्तरको काठ सजिलै उपलब्ध नहुने र परम्परागत बुट्टा तथा देवदेवी वा अन्य चित्र हातैले कुँदेर बनाउने चलन भएकाले काठका कलात्मक ढोकाको लागत भने तुलनात्मक रूपमा महँगो देखिन्छ । यद्यपि, यस्ता ढोकामा उच्च गुणस्तरको काठ मात्र प्रयोग गरिने भएकाले सदियौं टिकाउ हुन्छ र तत्कालका लागि महँगो भए पनि लामो समयलाई ढुक्क हुन सकिन्छ । जानकारका अनुसार नेपाली परम्परागत ढोकाका लागि प्रयोग हुने काठ चुरे पहाड तथा आसपास पाइने अग्राख भनिने नेपाली सालको काठ हो । सालको आयुबारे प्रचलित लोक उक्तिअनुसार साल रुखको रुपमा १ हजार वर्ष र ढलेपछि पनि १ हजार वर्ष नै टिक्न सक्ने भनाइ छ । यस्तो बलियो काठलाई फर्निचरमा ढाल्नु पहिले परम्परागत तरिकाले सिजनिङ गर्ने अर्थात् सुकाउने कार्य गरिन्छ । ढोका तथा अन्य फर्निचर बनाउन काठ राम्रोसँग सिजनिङ हुनु अनिवार्य छ । उचित तरिकाले सिजनिङ गरिएको काठबाट ग्रहक चाहनाअनुसार विभिन्न डिजाइन र नापका ढोका बनाउने गरिन्छ । परम्परागत काष्ठकलाका लागि प्रख्यात भक्तपुरका विभिन्न स्थान तथा उपत्यकाको केही अन्य ठाउँमा पनि यस्ता परम्परागत ढोका बनाइने फर्निचरका सोरुम तथा पसल रहेका छन् । भक्तपुरको शिवशंकर फर्निचरका सञ्चालक जयकृष्ण शिल्पकारका अनुसार घरको मूलढोका काठमा विभिन्न डिजाइन कोरेर बनाउन आउने ग्राहक अझै उत्तिकै छन् । उनका अनुसार हाल यस प्रयोजनका लागि उपयोग हुने काठ तराईको हेटौंडा, चितवन र बुटवलबाट आउने गर्दछ । छिटोछरितो सिजनिङका लागि मेसिन प्रयोग पनि हुन थालेको छ । ग्राहकले अर्डर दिएको मितिदेखि ढोका तयार हुन ढोकाको डिजाइन र साइजको आधारमा औसत दुई महिना लाग्दछ । डिजाइनकै आधारमा यस्तो ढोकाको मूल्य प्रतिवर्गफिट ६ हजारदेखि ८ हजारसम्म पर्दछ । यसको आधारमा औसत ढोकाको मूल्य १ लाखदेखि माथि पर्न जान्छ । कालिगढले मिहिनेत गरी बनाउने कलात्मक ढोकामा चन्द्र सूर्य, लक्ष्मी, गणेश, भगवान् विष्णु, सरस्वती, आदिको चित्र कुँदिएको पाइन्छ भने बौद्धमार्गी घरधनीका घरको ढोकामा भने कमल, चक्र, कलश आदिसहितको अष्टमंगलको चित्रलाई अत्यधिक रुचाइएको पाइन्छ । साथै, पञ्चबुद्ध, कुबेर, आदिको चित्र पनि यस्ता ढोकामा कुँदेको पाइन्छ । आध्यात्मिक विश्वास झल्काउने यस्ता चित्रका अलावा ढोकामा विभिन्न बुट्टाको पनि प्रयोग गर्न सकिन्छ ।

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशंकर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपांगता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपांगता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो ।      कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ वर्ष ननाघेका १० जना बालबालिकालाई राखिएको छ । कक्षामा सुदूरपश्चिम प्रदेशका बैतडी, कैलाली र कञ्चनपुरका गरी तीन जिल्लाका बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकाको बोली, भाषा, आनीबानी र व्यवहार परिवर्तनका लागि राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए । फरक क्षमता भएका बालबालिकालाई चित्र, संगीत, नृत्य, श्रव्यदृश्यमार्फत पठनपाठनको व्यवस्था मिलाइएको उनँले बताए । यो कार्यसँगै बौद्धिक अपांगता भएका बालबालिकालाई सरसफाइमा ध्यान पु¥याउने कार्यमासमेत जोड दिँदै आएको उनले बताए । स्रोत कक्षामा सहभागी भई पढ्दै आएका बालबालिकाको हेरचाहका लागि एक जना आया (हेरचाह गर्ने आमा) र एकजना स्रोत शिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि छ वटा आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ ।      बालबालीकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्दा, टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ । सशर्त अनुदान कार्यक्रममार्फत स्रोत कक्षा सञ्चालनका लागि विद्यालयलाईप्रति विद्यार्थी ४० हजारका दरले १० महिनाको अनुदान रकम उपलब्ध गराइँदै आएको छ । सोही खर्चमा कक्षा सञ्चालन हुने गरेको छ । ‘हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं,’ उनले भने, ‘छात्रावास, खानेपानीसँगै घेरावारको अभाव छ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारलाई गुहार्दै आएका छौं ।’ आयालाई १३ हजार ४५० मासिक तलब र स्रोत शिक्षकलाई मासिक ५०० भत्ता दिने व्यवस्था गरी नियुक्त गरिएको छ । विसं २०७४ देखि सञ्चालन भएको स्रोत कक्षामा सहभागी भई उमेर पूरा भएपछि चारजना बालबालिका घर फर्किएका छन् । ‘बौद्धिक अपांगता र सुस्तमनस्थितिका बालबालिकालाई विद्यालयमा जुनसुकै समयमा पनि भर्ना गर्न सकिन्छ,’ प्रअ जोशीले भने, ‘बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याए भर्ना लिन्छौं ।’ प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी आनीबानी सुधारसँगै पठनपाठनको व्यवस्था हुन्छ । घरको वातावरण भन्दा राम्रो गरी स्याहारसुसार गर्छौं ।’

सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल... । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो । हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ । दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ । नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ । तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् । धन्वन्तरि जयन्ती, धनतेरसको रौनक तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ । जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ । तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो । म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ । म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ । भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ ।

चित्र र मूर्तिकलाको पुस्तक सार्वजनिक

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । डा. नरेश शाक्य, स्वस्ति राज भण्डारी र सञ्जय शाक्यद्वारा लिखित तथा प्रा. डा. शंकर थापाले सम्पादन गरेको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एन्ड स्टोन आर्ट अफ नेपाल मण्डलाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित […]