काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गरेकी छिन्। राष्ट्रपति भण्डारीले दिएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन्। त्रेतायुगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम