भारतले नेपालमा २५ हजार मेट्रिक टन चिनी पठाउन दियो अनुमति

नेपालमा २५ हजार मेट्रिकटन चिनी निर्यात गर्न भारतले अनुमति दिएको छ ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले तिहारमा चिनीको अभाव टार्न भारतबाट २५ हजार मेट्रिक टन चिनी अयात गर्ने भएको छ। नगदे बालीको कारोबार उधारोमा हुन थालेपछि उखु खेतीबाट किसानहरु पलायन हुँदै गएका छन्। सरकराले नेपालको हरित, उत्थानशील र समावेशी विकासमा हुने लगानीलाई प्राथमिकता दिने गरि काम अगाडि बढाएको छ। १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।

भारतले तिहारअघि नै नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

१७ कात्तिक, काठमाडौं । नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो । भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् […]

७० हजार किलो चिनी लुकाउने वितरकलाई कालोबजारीमा उन्मुक्ति

१७ असोज, काठमाडौं । वाणिज्य, आपर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७ मेट्रिक टन चिनी भन्डारण र कालोबजारीमा संलग्न फर्मलाई नाम मात्रैको कारबाही गरेर उन्मुक्ति दिने तयारी गरेको छ । असोज ३ मा लेबल नभएको ७० हजार किलो चिनीसहित विभागको टोलीले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको थियो । सो फार्मलाई […]

चिनी उद्योगसँग १९ हजार मेट्रिक टन चिनी मौज्दात भेटियो : वाणिज्य विभाग

बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ ।

५० हजार मेट्रिक टन चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

३१ भदौ, काठमाडौं । सरकारले ५० हजार मेट्रिक टन चिनी माग्दै भारत सरकारलाई पत्र लेखेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको  हो । उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा  चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो […]

पचास हजार मेट्रिक टन चिनी खरिदको तयारी

सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो । सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।...

झलनाथ खनाल इलाम–१ बाट नै उम्मेदवार बन्ने

काठमाडौं। झलनाथ खनालले आउने चुनावमा पनि इलाम–१ बाट नै उम्मेदवार बन्ने घोषणा गरेका छन्। निर्वाचन आयोगले सरकारसँग चुनाव खर्चका लागि झण्डै ११ अर्ब मागेको छ। कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति भारतीय नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । दसैँतिहारका लागि ५० हजार मेट्रिक टन चिनी नेपाल ल्याइने भएको छ। टी–२० विश्वकप क्रिकेटको ट्रफी भदौ १४ मा नेपाल ल्याइने भएको छ।

आयात स्वीकृत नपाउँदा दसैंंमा चिनी महँगिने

काठमाडौं । अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]