पचास हजार मेट्रिक टन चिनी खरिदको तयारी

सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो । सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।

सम्बन्धित सामग्री

खाद्य कम्पनीले चिनी नल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ। यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो।