काठमाडौं । आज राष्ट्रिय कर दिवस । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ आजदेखि सप्ताहव्यापीरूपमा राष्ट्रिय कर दिवस मनाइन लागिएको हो ।
दिवसका अवसरमा आन्तरिक राजस्व विभागले करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने भएको छ ।
नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै २०६९ सालदेखि हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाइन लागिएको हो । २०५४ मङ्सिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको थियो ।