काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ । शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्य प्रगति स्थिति तथा चालु आ.व. ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको ज