काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘काठमाडौँदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण […]