काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको छ । द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले आर्थिक वर्ष २०८०/८१ भित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो । द्रुतमार्ग र सेनाको कल्याणकारी योजना निर्देशनालयको वार्षिक प्रगति सार्वजनिक गर्न शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी