रुसले युक्रेनमाथिको जारी आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग माग गरेको अमेरिकी अधिकारीले बताएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर प्रकाशित गरेका हुन् । गएको फेब्रुअरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । […]