काबुल । आगामी सरकारमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला र नागरिक समाजका सदस्यहरुले शुक्रबार काबुलस्थित अफगान राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरेका छन् । नयाँ सरकारमा महिलाहरुको भूमिकाबारे तालिबानले केही निर्णय गर्न नसक्दा हेरत र काबुलमा यस्तो प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागि महिलाहरुले राजनीति र निर्णय अधिकारमा महिलाहरुको सहभागिता गराउन समेत आग्रह गरेका छन् […]