गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

काठमाडौँ, १४ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गरेको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गरेका हुन् । समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र […]