सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ?

मन्त्रीको सूचीमा उनको नाम चर्चामा थियो । उनलाई चिन्ने नेता–कार्यकर्ताले बधाई दिइरहेका थिए । तर, भोलिपल्ट एकाएक उनको नाम सूचीबाट हट्यो ।

सम्बन्धित सामग्री

सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ?

मन्त्रीको सूचीमा उनको नाम चर्चामा थियो । उनलाई चिन्ने नेता–कार्यकर्ताले बधाई दिइरहेका थिए । तर, भोलिपल्ट एकाएक उनको नाम सूचीबाट हट्यो ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । परराष्ट्र मन्त्री नारायणप्रकाश सा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । परराष्ट्र मन्त्री नारायणप्रकाश सा...

ठूला दलका समानुपातिक सूचीः देउवापत्नी आरजुदेखि पूर्वसभामुख महरासम्म (नामसहित)

सोमबार रातीसम्म दलहरुले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रधानमन्त्रीकी धर्मपत्नी, पूर्वसभामुखदेखि पूर्वराजदूतसम्म रहेका छन् । समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । तर, दलहरु आफैँले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि उनीहरुले प्रत्यक्ष निर्वाचनमा लडाउँदा चुनाव हार्ने भयले ठूला नेतालाई संसद छिराउने उपायका रुपमा सामानुपातिक कोटालाई भर्याङ बनाउने गरी सूची पेश गरेका छन् ।आयोगले दलहरुलाई असोज १६ गतेसम्म सूची सच्याउने समय दिएको छ । त्यसकारण सोमबार पेश भएको सूचीमा भएका नामावली नै अन्तिम भने होइनन् । कुन दलबाट को को छन् बन्दसूचीमा ?प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवारको नाम आयोगमा बुझाएका छन् । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले समानुपातिकका लागि मापदण्ड नै बनाएको थियो । एमालेले यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई पुनः समानुपातिकमा सिफारिस नगर्ने मापदण्ड बनाए अनुसार नै नयाँ नाम सिफारिस गरेको छ । एमालले बुझाएको बन्दसूचीमा केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताको नाम छैन । समानुपातिक सूचीमा परेका एमालेका सबैभन्दा ठूला नेता हुन् स्थायी कमिटी सदस्य रघुजी पन्त । पन्तसँगै गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, अनेरास्ववियुकी अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य सुनीता बराल, उमा कोइरालाको नाम एमालेले बुझाएको बन्दसूचीमा छ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, ईश्वरी रिजाल विश्वकर्माको नाम पनि बन्दसूचीमा छ ।त्यस्तै, नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफरिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको भएपनि सभापति देउवाले उनको नाम समानुपातिकमा सिफारिस गरेका हुन् । काँग्रेसले आफ्ना ‘हेभिवेट’ नेताहरुलाई समानुपातिकको सूचीमा राखेको छ । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले सोमबार दिउँसो निर्वाचन आयोगमा बुझाएको प्रारम्भिक सूचीमा विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर लगायत ठूला नेताको नाम छ ।तर, काँग्रेसमा विवाद कायम रहेकाले सूची असोज १६ सम्म धेरै फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।यता, काँग्रेस सँगकै गठबन्धनमा रहेको माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिकमा राखेको छ । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने उपाध्यक्ष महरा २०४८ सालपछिका हरेक निर्वाचनमा निर्वाचित हुँदै आएका थिए । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक रोजे ।महरासँगै, माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, परशुराम तामाङ र बाबुराम भट्टराईको पार्टीबाट पनि ५ जना परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपानेको नाम पनि बाबुराम कोटाबाट माओवादीले समानुपातिकमा सिफारिस गरेको छ । पूर्वमन्त्री हकिकुल्ला खाँ, रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली, मोहनमान स्वाँर, अजम्बर राई काङबाङलाई पनि माओवादीले समानुपातिक सूचीमा राखेको छ एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले पनि समानुपातिक तर्फको बन्दसूची आयोगमा पुर्याएको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठलाई समानुपातिक उम्मेदवार बनाएको छ । हमाल पूर्वराजदूत हुन् ।

कहिल्यै चुनाव नहारेका महरा समानुपातिकमा किन ?

अहिलेसम्म उम्मेदवार बनेर कुनै पनि चुनाव नहारेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यसपाली भने समानुपातिकमा चित्त बुझाउँदै छन् । उनको नाम माओवादी केन्द्रको समानुपातिक तर्फको सूचीमा सिफारिस भएको छ । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक  रोजे । उनले धेरै तिरबाट सिफारिस भएकाले एउटा क्षेत्रको नेता हुनुभन्दा देशकै नेता हुन्छु भनेर आफूले सामानुपातिक रोजेको बताएका छन् ।

अब केपी ओली र माधव नेपाल एउटै समितिका सदस्य

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको समितिहरुमा रहने सांसदहरुको नाम हेरफेर भएको छ। एमाले सत्ताबाट बाहिरएको झण्डै एक वर्षपछि तत्कालीन समयमा मन्त्री भएका सांसदहरुको नाम समितिमा हेरफेर गरिएको हो। अरु दलले पनि आफ्ना सांसदहरुको समिति हेरफेर गरेका छन्। मन्त्री भएपछि समितिको सदस्यबाट स्वत हट्ने व्यवस्था छ। दलहरुले दिएको नामका आधारमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले […]

दुईतिहाइ बहुमतबाट प्रदेश ५ को नाम लुम्बिनी कायम

रुपन्देही : प्रदेश ५ को नाम अब लुम्बिनी कायम भएको छ। शान्तिका अग्रदूत गौतम बुद्धको कपिलवस्तुस्थित जन्मभूमिको नामलाई प्रदेश ५ ले ग्रहण गरेको हो।  प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले लुम्बिनी नाम कायम गर्ने प्रस्ताव संसदमा पेश गरेका थिए। जसलाई प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले दुईतिहाइ बहुमतले ...