राजकिशोर भन्छन् -‘म जसपा विभाजनको पक्षमा छैन’

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले पार्टी विभाजन हुनु मधेशका हकमा राम्रो नहुने भएकाले त्यसलाई रोक्ने पक्षमा आफू रहेको बताए । जसपा विभाजनको अन्तिमविन्दुमा रहेको बेला नेता यादवको यस्तो भनाइ आएको हो ।नेता यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् ।  तर उनले आफू कसैको पक्ष वा विपक्षमा नरहेको दाबी गरे । उनले भने, ‘म जसपाका कार्यकर्ता हुँ, मिडियाले कुनै नेताला

सम्बन्धित सामग्री

सिरहा–२ मा राजकिशोर र चित्रलेखाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव र नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।चित्रलेखा यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपा

यो चुनावी गठबन्धनमात्र हो : राजकिशोर यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।उनको घर सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत भए पनि यो पटक उनी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा जसपालाई एमालेले सघाउने भएको छ । क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनले चित्रलेखा यादवलाई उम्मेदवार बनाएको छ ।सिरहा–२ का लागि राजकिशोर यादव नयाँ उ

जसपातिर खुले सांसद राजकिशोर यादव

१ भदौ, काठमाडौं । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् । डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् […]

राजकिशोर यादवलाई धमलाको प्रश्नः “तपाईंले जसपा त छाड्नुभएको छैन है !”

काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेता राजकिशोर यादवले आफू पार्टी छाड्ने पक्षमा नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “म जसपामै छु नि । पार्टीमा काम गर्दा विमति, असन्तुष्टि हुन्छ । अन्तरविरोध र अन्तरसंघर्ष हुन्छ । कुनै मुद्दामा […]

जसपा नेता राजकिशोर यादव भन्छन्– ‘पार्टीका असन्तुष्ट साथीहरुको व्यवस्थापन गर्छौ’

जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले सत्ता गठबन्धनको भागबण्डामा असन्तुष्ट भएपनि व्यवस्थापन गरिने बताएका छन् । चुनावी तालमेलमा जसपाभित्र विराटनगर महानगरपालिका र नेपालगञ्ज उपमहानगर पालिकामा भइरहेको असन्तुष्टि समयमै व्यवस्थापन गरिने यादवले दाबी गरे ।‘पार्टीका साथीहरुले लामो समयदेखि मेहनत गरेर संगठन बनाएका हुन्छन् । उम्मेदवार हुने नेताहरु धेरै हुन्छन् । साथीहरुको रिपोर्ट संगठनको जनाधार राम्रो छ मजबुद छ । छोड्नु हुँदैन भन्ने भन्ने थियो’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, &l

जसपा बचाउन मूलधारमा उभिएँः राजकिशोर यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले पार्टीको एकता बचाउन आफू मूलधारमा उभिएको बताएका छन्। महन्थ ठाकुरलाई साथ दिँदै आएका राजकिशोरले पार्टी आधिकारिकता विवादको सनाखतमा आफूले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेको बताए। यादव केपी ओली सरकारमा मन्त्रीसमेत भएका थिए। आफूले बिहानै ठाकुरलाई भेटेर पार्टी विभाजन नगर्न आग्रह गरेको समेत उनले बताए।

राजकिशोर यादवको हस्ताक्षर उपेन्द्रको पक्षमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा राजकिशोर यादव उपेन्द्र यादव पक्षमा उभिएका छन्। महन्थ ठाकुरलाई साथ दिँदै आएका राजकिशोरले निर्वाचन आयोगमा उपेन्द्र-बाबुराम भट्टराई पक्षको पार्टी आधिकारिक भएको भन्दै...

महन्थको लिस्टमा नपरेका राजपाका राजकिशोर यादव मन्त्री बन्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति बन्न लागेका छन् । यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि  उनको नाम एकाएक हटाइएको  थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए । जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए ।

कसैका कारण जसपा फुट्दैन, सही समयमा निर्णय लिन्छौं– राजकिशोर यादव

जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि उपयुक्त समयमा विवेकपूर्ण निर्णय लिने बताएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अधिवेशन आह्वानका अवसरमा मन्तव्य राख्दै जसपा सांसद राजकिशोर यादवले आफूहरूमाथि सत्ता लोलुपताको आरोप लगाइए पनि कसैका लागि पार्टी नफुट्ने जिकिर गरे । ‘जसपा अहिले निर्णायक छ, एकढिक्का छ । कसैका कारणले हामी फुट्नेवाला छैनौं । देशको हितमा सही समयमा सही निर्णय लिन्छौं,’ यादवले भने ।  यादवले कारागारमा रहेका सांसद रेशम चौधरीलाई राजबन्दी सरह रिहा गर्न म...