जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति बन्न लागेका छन् । यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि उनको नाम एकाएक हटाइएको थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए । जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए ।