अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति काम गर्ने तयारी गरेको हो ।
यो व्यवस्था भएसँगै वैदेशिक रोजगार कार्यालयमा गएर पुनः श्रम स्वीकृत लिन लामो लाइन लाग्नुपर्ने र पुनः श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । २०७७ साल पुस...