काठमाण्डौ – कतार र मलेसियाका नेपाली दूतावासले ती देशमा काम गरिरहेका नेपाली श्रमिकलाइ पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेका छन् ।
कतारमा रहेको नेपाली दूतावासले यही वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको हो भने मलेसियामा रहेको नेपाली दूतावासले १५ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको हाे । दूतावासहरूले पनि श्रम स्वीकृति सेवा अनलाइनबाटै दिने छन् ।
हुन त पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन सकिन्छ । अनलाइनबाटै सबै प्रक्रिया हुने भए पनि श्रम स्वीकृति प्रदान...