यी ४ तरिकाबाट हेर्न सकिन्छ जाल्पा सामुदायिक लघुवित्तको आईपिओ नतिजा

जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  ।   २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ  ।  जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।कम्पनीले माघ २१ गतेदेखि  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो  भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४  तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार कम्पनीको वेबसाइट http://jalpamf.com/,  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  कम्पनी परिचयजाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो ।यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ । २०७८ आश्विन मसान्त सम्म यस लघुवित्त वित्तीय संस्थाको कारोवार स्थान बाग्मती प्रदेश, गण्डकि प्रदेश, लुम्वीनि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।सृजना विकास केन्द्र, पोखरा, कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही, दाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई “जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड”को रुपमा मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।यस लघुवित्त वित्तीय संस्था २०७५÷०५÷०३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷०७÷३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ भएको यस लघुवित्त वित्तीय संस्थालेहाल २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।पूजी संरचनायस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी  पच्चिस करोड,   तत्काल जारी १६ करोड र तत्काल चुक्ता पूँजी  दश करोड अठहत्तर लाख रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  सोह्र करोड हुनेछ । आईपिओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ । यो पनि : जाल्पा लघुवित्त आईपिओ रिभ्यु: पहिलो कारोबार नै ११ सय भन्दा बढीमा हुने सम्भावना

सम्बन्धित सामग्री

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था बीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई कम्पनीबीच गत आइतवार मर्जरको लागि अन्तिम सम्झौता भएको हो । यी दुई कम्पनीबीच गत साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ (एक) कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ । हाल जाल्पाको चुक्ता पूँजी १६ करोड छ भने किसानको चुक्ता पूँजी ४७ करोड १३ लाख छ । जाल्पाको केन्द्रीय कार्यालय रूपन्देहीको बुटवलमा छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहामा छ ।

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था बीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई कम्पनीबीच गत आइतवार मर्जरको लागि अन्तिम सम्झौता भएको हो । यी दुई कम्पनीबीच गत साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ (एक) कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ । हाल जाल्पाको चुक्ता पूँजी १६ करोड छ भने किसानको चुक्ता पूँजी ४७ करोड १३ लाख छ । जाल्पाको केन्द्रीय कार्यालय रूपन्देहीको बुटवलमा छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहामा छ ।

किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

१० साउन, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । ९ साउन मंगलबार दुई संस्था बीच मर्जारमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बताए । दुई संस्था समान सेयर स्वाप रेसियोमा मर्जरमा जाने प्रारमिभक सम्झौता भएको उनले […]

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचिकृत

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट वीरबहादुर अधिकारी र नेपाल स्टक एक्सचेन्जको तर्फबाट कृष्णबहादुर कार्कीले शुक्रबार  हस्ताक्षर गरेका हुन् ।

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएको र बाँकी २५ लाख ८७ हजार ४१२ योग्य आवेदकम

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७ हजार १५० कित्ता […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । ४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोला प्रथाबाट सेयर पाएका छन् । सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो । ०.५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर

१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

२१ माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई […]

जाल्पा सामुदायिक लघुवित्तको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ