काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था बीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई कम्पनीबीच गत आइतवार मर्जरको लागि अन्तिम सम्झौता भएको हो ।
यी दुई कम्पनीबीच गत साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ (एक) कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ ।
हाल जाल्पाको चुक्ता पूँजी १६ करोड छ भने किसानको चुक्ता पूँजी ४७ करोड १३ लाख छ । जाल्पाको केन्द्रीय कार्यालय रूपन्देहीको बुटवलमा छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहामा छ ।