नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजय पौडेलको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएका छन् । शुक्रबार प्रचण्ड हृदयाघात भई गंगालालमा उपचारत पौडेललाई भेट्न बाँसबारी गएका थिए । पौडेलको स्वास्थ्य अवस्था ठीक भएपनि चिकित्सकले केही दिन निगरानी राख्नुपर्ने सुझाव दिएकाले अस्पतालमै छन् । आगामी आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भई रहेको परिवार सदस्यले बताएका छन्।