अब देशका जुनसुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुग्ने भएको छ ।
त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।
देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानकारी लिनुछ भने एक क्लिक गरे पुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए ।
यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गर...