आगामी वैशाख ३० गते मुलकुभर स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। यसका लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरी निर्वाचन आचारसंहिता समेत जारी गरेको छ। निर्वाचन नजिकिँदै जाँदा सबैतिर राजनीतिक बहस र क्रियाकलापले प्राथमिकता पाउन थालेको छ । राजनीतिक दलहरू चुनावी गठबन्धन तथा समीकरण निर्माण र जितहारको आंकलनमा व्यस्त छन्। तृणमूल तहसम्म लोकतन्त्रको बिस्तार गर्ने र नागरिकले […]