नेपाली राजनीति नेताहरूको छायाको प्रभावमा चल्न थालेको छ । मधेश प्रदेशको बारा–२ निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टीका उम्मेदवारका रूपमा संघीय संसद्मा निर्वाचित हुनुभएका रामसहाय यादवले संघीय संसद्–सदस्यको अभिभारा धेरै दिन सम्हाल्नुपरेन । उहाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति चुनिनुभयो । स्वयं रामसहायजीका लागि यो गौरवको विषय थियो भने संघीय गणतन्त्र नेपालको लोकतन्त्रको सुन्दरतम पक्ष । यसमा कुनै द्विविधा नराखे हुन्छ ।