काठमाडौं प्रहरीले गुर्जुधारामा चालक अनुमति पत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लुबुक)को राजश्व तिरिदिने भन्दै बढी पैसा लिने ९ जना बिचौलियालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमवार बिहान यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लुबुकलगायतका कागजातको राजश्व तिर्न गए व्यक्तिहरूलाई लाग्ने दस्तुरभन्दा बढी जबर्जस्ती लिएको भन्दै पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जनाकारी दिए ।
पक्राउ परेका उनीहरूलाई महानगरीय वृत्त थानकोटमा थप अनुसन्धानको लागि पठाएको प्रहर...