नारायणहिटी छिरेर श्रीपेच चोर्ने प्रयास, सिसा फुटाइसकेको अवस्थामा सेनाले जोगायो

नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।  सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो ।  शुक्रवार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट-११ का खीमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।

सम्बन्धित सामग्री

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]

श्रीपेच काण्डपछि नारायणयहिटीको सुरक्षा रणनीति परिवर्तन

नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।गत शुक्रबार२५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो । नारायणहिटी संग्रहालय विकास समितिले संग्रहालयको विभिन्न कक्षमा प्रदर्शनीमा राखिएका अति संवेदनशील हातहतियार बन्दुकलगायत सामग्री अवलोकन गर्न आउनेले भेट्न नसक्ने गरी राख्ने र संग्रहालय प्रवेश गर्ने व्यक्तिको अवस्थाबारे स...

श्रीपेच लगाउन खोज्ने खेमबहादुरको बयान- ‘नारायणहिटीबाट शासन चलाउने सोच आयो’

काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे ।  मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो । खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् ।&n

झण्डै चोरिएन नारायणहिटीबाट श्रीपेच

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच चोरी हुनबाट बचेको छ । प्रहरीले श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी …

नारायणहिटी सङ्ग्रहालयबाट श्रीपेच चोर्न प्रयास गरेकाे आरोपमा एक पक्राउ

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ का २५ वर्षीइ खेमबहादुर घर्ती पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो ।प्रारम्भिक अनुसन्धानमा घर्तीको मानसिक अवस्था ठिक नभएको देखिएको एसएसपी सिंहले बताउनुभएको छ । घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका र श्रीपेचको स...

खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो

८ असोज, काठमाडौं । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे । टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले । उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि […]

राजा बन्ने इच्छाले श्रीपेच खोस्न गएका युवक भन्छन्, ‘मलाई कुनै पश्चाताप छैन’

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।

श्रीपेच चोर्न नारायणहिटी छिरेका एकजना पक्राउ

काठमाडौं :  नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

राजा बन्छु भन्दै नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने पक्राउ

राजा बन्छु भन्दै नारायणहिटी दरबार संग्रहालयमा रहेको पूर्वराजाको श्रीपेच चोर्न निकाल्न खोज्ने एकजालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई संग्रहालयको...

नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि....

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच राखिएको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपु