काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे । मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो । खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् ।&n