नारायणहिटी सङ्ग्रहालयबाट श्रीपेच चोर्न प्रयास गरेकाे आरोपमा एक पक्राउ

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ का २५ वर्षीइ खेमबहादुर घर्ती पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो ।प्रारम्भिक अनुसन्धानमा घर्तीको मानसिक अवस्था ठिक नभएको देखिएको एसएसपी सिंहले बताउनुभएको छ । घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका र श्रीपेचको स...

सम्बन्धित सामग्री

झण्डै चोरिएन नारायणहिटीबाट श्रीपेच

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच चोरी हुनबाट बचेको छ । प्रहरीले श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी …

श्रीपेच चोर्न नारायणहिटी छिरेका एकजना पक्राउ

काठमाडौं :  नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।