बेदबहादुरलाई पाँचौँ अल्ट्रा म्याराथनको उपाधि

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

सम्बन्धित सामग्री

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई - Nepal Japan

जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म

आर्मीका कार्कीलाई अल्ट्रा म्याराथन उपाधि

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।

त्रिभुवन आर्मीका कार्कीले जिते ऋषिङ अल्ट्रा म्याराथनको उपाधि

ऋषिङ गाउँपालिकाले आयोजना गरेको तेश्रो ऋषिङ अल्ट्रा म्याराथन–२०८० को उपाधि त्रिभुवन आर्मीका गोविन्द कार्कीले जितेका छन् । ४२.२ किलोमिटर दूरीको अल्ट्रा म्याराथन २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई

जुम्ला – चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेकाे हाे ।   कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार  गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दाेस्राे र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्राे भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा प...

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई

‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ को चौथो संस्करण सोलुखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाले जितेका छन् । बिहीबार खिजिदेम्बा गाउँपालिका ५ मा सम्पन्न म्याराथनको उपाधि कुलुङ र बुढाले हात पारे ।

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई

जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमि दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उक्त उपाधि जितेका हुन् ।

तीर्थ र अनिताले जिते अल्ट्रा म्याराथन

थोलेदेम्बा–पोकली ४२ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि तीर्थबहादुर तामाङ र अनिता राईले जितेका छन् । उक्त म्याराथनमा पुरुषतर्फ तीर्थले ४ घण्टा ४ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । महिलातर्फ अनिताले ५ घण्टा ३७ मिनेट लगाएकी थिइन् ।

व्यास नगर चौथो अल्ट्रा म्याराथनको उपाधि कालीकोटका महतरालाई

व्यास नगरपालिकाले शुक्रबार सहिद दिवसको अवसरमा आयोजना गरको चौथो व्यास नगर अल्ट्रा म्याराथन–२०७७ को उपाधि कालीकोटका देवराज महतराले जितेका छन् ।

कुलुङ र बुढालाई अल्ट्रा म्याराथन उपाधि

खिजीदेम्बा गाउँपालिकामा सम्पन्न चौथो अल्ट्रा फुल म्याराथनको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढाले जित्नुभएको छ ।