जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई

जुम्ला – चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेकाे हाे ।   कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार  गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दाेस्राे र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्राे भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा प...