जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमि दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उक्त उपाधि जितेका हुन् ।