नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसका १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै महाधिवेशनले देखिने, सुनिने र जनताले भरोसा गर्न सक्ने कांग्रेस बनाउने दाबी गरेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा विहिबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘जनतालाई विश्वास दिलाउन सक्ने कांग्रेस बनाउनु पर्छ । देशलाई कुनै पनि दुर्घटनाबाट जोगाउँछ । संविधानमा भएको क्षयीकरणलाई रोक्छ । निर्वाचन गराउँछ र देश सम्हाल्छ ।’
थापाले जनताको जीवनकोस्तर बदल्नसक्ने क्षमता कांग्रेससँग ...