नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो । […]